Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

यमनमा डुङ्गा दुर्घटना: २१ जनाको मृत्यु

यमनमा डुङ्गा दुर्घटना: २१ जनाको मृत्यु

  • यमनमा भएको डुङ्गा दुर्घटनामा परेर २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो । यमनको उत्तरी रेड सीमा सो डुङ्गा दुर्घटना भएको हो । उक्त डुङ्गामा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ ।

    images
    images
    images

    उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुङ्गा डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ । आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुङ्गा डुबेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका थिए ।

    डुङ्गा डुबेपछि उद्धारको कार्य गरिएको र छ जनालाई जीवितै उद्धार गरेर अस्पताल पुर्‍याइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij