
Apr 21 2025 | २०८२, वैशाख ८ गते
माडागस्करमा आएको आँधीबाट ८ जनाको मृत्यु भएको छ । फेड्री नामको आँधीले एक हजार भन्दा बढी घर ध्वस्त बनाउँदा हजारौं घरबारबिहीन बनेका छन् ।
आँधीको असर छिमेकी मुलुक मोजाम्बिकमा समेत परेको छ । त्यहाँ भारी वर्षाका साथ पहिरो जानुका साथै आँधीले केही घरहरुमा क्षति पुर्याएको छ ।
आँधीले थप असर गर्ने आँकलनका साथ सर्वसाधारणलाई सचेत बनाइएको छ । अष्ट्रेलियाबाट सक्रिय भएको यो आँधी दक्षिणी हिन्द महासागर हुँदै माडागास्करमा बिनास मच्चाउँदै मोजाम्बिकतर्फ सरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij