
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौँ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने ८७ जना चालकहरू कारबाहीमा परेका छन् । बुधबार बिहान गरिएको विशेष चेकिङका क्रममा मापसे गरी सवारी साधन चलाउँदै गरेका १ जना स्कुल बसका चालकलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरीले अवस्था ठिक नभएका स्कुल बसका २ जना चालकलाई पनि कारबाही गरेको छ । चेकिङकै क्रममा कागजपत्र साथमा नराख्ने, सवारी साधनको अवस्था ठिक नराख्ने लगायत विविध कसुरमा २३ जना पानी ट्याङकरका चालकहरू पनि कारबाहीमा परेका छन् ।
त्यस्तै नयाँसपार्कमा १५, कीर्तिपुरमा ३, कलंकी र काँडाघारीमा २र२ र न्यूरोड क्षेत्रमा १ जना गरी २३ जना ट्याङ्करका चालकहरू कारबाहीमा परेका हुन् । साथै अन्य विविध कसुरमा ६१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij