
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा सासंद चन्द्र भण्डारीको उपचार जारी छ । अस्पताल परिसरमा रहेका भण्डारीका नातेदार मीनप्रसाद भण्डारीले आज उनको दायाँ हातको अपरेसन गरिने जानकारी दिए ।
उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । भण्डारीले राम्रोसँग बोल्ने र खाना पनि राम्रोसँग खाइरहेको उनले बताए । उनका अनुसार संक्रमण हुन सक्ने भएकोले शुभेच्छुक/आगन्तुकलाई सांसद भण्डारीसित भेटघाट गर्न दिइएको छैन ।
काठमाडौंको बुद्धनगरस्थित घरमा ग्यास लिक भई आगलागी परी सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए । आगलागीमा हरिकलाको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो । भण्डारीको भने मुम्बईस्थित अस्पतालमा उपचार भइरहेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij