Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

पल शाह कारागारबाट रिहा

पल शाह कारागारबाट रिहा

  • काठमाडौँ । बलात्कार आरोपमा सफाइ पाएसँगै अभिनेता पल शाह सोमबार रिहा भएका छन् । जिल्ला कारागार तनहुँबाट रिहा भएपछि उनका समर्थकहरुले चर्को नारासमेत लगाएका थिए ।  

    आइतबार उच्च अदालत पोखराबाट नाबालिग बलात्कार आरोप लागेका उनले सफाइ पाएका थिए । रिहा भएपछि उनी काठमाडौँ आउने बुझिएको छ । शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा एक गायिकाले उजुरी दिएकी थिइन् ।

    तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। जिल्ला अदालत तनहुँले बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई यसअघि नै सफाइ दिइसकेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij