
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पोखरालगायत देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ ।
मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।
त्यस्तै आज काठमाडौं उपत्यकामा पनि छिटफुटको वर्षा सम्भावना रहेको छ । महाशाखाले दिउँसो ३ बजेपछि छिटपुट वर्षाको सम्भावना रहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij