
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा ओभर ले (कालोपत्रेमाथि कालोपत्रे) गर्न नदिने भएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हरेक वर्ष ओभर ले गर्दा सडकको सहत घरभन्दा माथि गइसकेको बताए । उनले सम्पदा क्षेत्रमा र पुराना घरमा पानी पस्न लागेको बताए ।
भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा उच्चस्तरीय समन्वय समितिको बैठकमा उनले ओभर ले गर्न नदिने बताए । सडक विभागलाई पत्र नै लेखेर सडक कालोपत्रे गर्न नदिने जानकारी महानगरले दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij