
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको छ ।
स्रोतका अनुसार कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपलाई समावेश नै नगरेको हो । नेपालले लिग टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ । पहिलो खेल पपुवा न्युगिनीसँग खेल्न नेपाली टोली फागुन १३ गते नै युएई जाँदैछ ।
नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेपछि क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने उनलाई टिममा राखेको थियो । उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij