
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १४ एचगाउँ स्याउलेघाटस्थित सीमा ईलाकाबाट ९ किलोग्राम चरेससहित तीन जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी फुलवारीले उक्त चरेससहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पा जिल्लाको थवाङ्ग गाउँपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमोटिया गाउँपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुन रहेका छन् ।
नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई चेकजाँच गर्दा उल्लेखित चरेस फेला परेपछि नियन्त्रणमा लिइएको हो । आवश्यक कारवाहीको लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij