
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । तनहुँमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
अभियुक्तलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका ३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय सुभास कार्की रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले ती महिलालाई कार्कीले जवरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij