Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सांसद अरुण चौधरी आज रिहा हुँदै

सांसद अरुण चौधरी आज रिहा हुँदै

  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको आरोपमा गत माघ १९ गते पक्राउ परेका थिए ।

    images
    images
    images

    २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । 

    सोही सूचीमा कैलाली कारागारमा रहेका सांस चौधरीलगायत चारजनाको नाम समावेश रहेको छ । १० बजेपछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गर्ने तयारी कारागार प्रशासनले गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij