
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ । हाल कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारीलाई थप उपचारका निम्ति ६ चिकित्सक टोलीसहित मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सचिवालयले जनाएको छ ।
गएराति ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।
सांसद भण्डारीकी आमाको भने आज विहान कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij