
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई थप उपचारका लागि विदेश लैजान कीर्तिपुर अस्पतालले सुझाव दिएको छ ।
स्रोत साधन अभावका कारण यहाँ उपचार असम्भव रहेको भन्दै अस्पतालले थप उपचारका लागि यथाशीघ्र विदेशका सुविधासम्पन्न लैजान सिफारिस गरेको हो । अस्पतालकी मेडिकल डाइरेक्टर डा। निजिना ताम्राकार र जलन उपचार विभागका प्रमुख डा. किरण नकर्मीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेता भण्डारीको शरीरको २५–३० प्रतिशत र हरिकलाको करिब ७० प्रतिशत भाग जलेको जनाइएको छ ।
काठमाडौंको बुद्धनगरस्थित निवासमा गएराति १० बजेतिर ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा हरिकला भण्डारी पनि गम्भीर घाइते भएका थिए । लगत्तै उनीहरूलाई कीर्तिपुर अस्पतालमा लगी आईसीयूमा राखेर उपचार भइरहेको छ ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राति नै अस्पताल पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । कांग्रेसका महामन्त्री गगन थापा, नेता प्रदीप पौडेललगायत नेता बिहानै अस्पताल पुगेर भण्डारीको स्वास्थ्य अवस्था बुझेका छन् । एमालेका केही नेता पनि भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij