
Apr 22 2025 | २०८२, वैशाख ९ गते
दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल समूह ‘बी’ मा रहेका पाकिस्तान र भारतबीच हुँदैछ । यो खेल नेपाली समयअनुसार साँझ पौने ७ बजेबाट सुरू हुनेछ ।
दोस्रो खेल समूह ‘ए’ मा रहेका श्रीलंका र बंगलादेशबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति पौने ११ बजेबाट सुरू हुनेछ । दुवै खेल केपटाउनमा हुनेछ । शनिबार भएका खेलमा साविक विजेता अष्ट्रेलिया र इंग्ल्यान्ड विजयी भएका छन् ।
अष्ट्रेलियाले न्युजिल्यान्डलाई ९७ रन तथा इंग्ल्यान्डले वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij