
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।
पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुने मन्त्रालयले जनाएको छ । नेपालमा रहँदा क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री बिमला राई पौड्याल लगायतका उच्च पदाधिकारीसँग भेट्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरिएको विज्ञप्तिमा फागुन १ गते सोमबार आएर क्वात्रा मंगलबार भारत फर्कने उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij