
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा मा बढुवा गर्न सिफारिस गरेको छ ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को (ख) अनुसार बुधवार बसेको बढुवा समितिको बैठकले ४ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो ।
सशस्त्रको साधारण समूह साधारण उपसमूहतर्फ ४ जना डिआइजीको पद रिक्त छ । रिक्त सो पदमा सुरेशकुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij