
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडैं । प्रतिनिधिसभा विघटन गरेपछि गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय समिति बैठक पुस १० मा स्थगित गरिएको बैठक आज फेरि बस्न लागेको हो । दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकलाई अरू केही दिन लम्ब्याउने रणनीतिमा सभापति देउवा रहेको निकट स्रोतले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि सडक संघर्ष कि चुनाव भन्नेमा विभाजित कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले आज पनि सडक संघर्षमा जान दबाब दिने भएको छ ।
सभापति शेरवहादुर देउवा पक्षधर भने सर्वोच्च अदालतमा विचाराधिक उक्त मुद्दाको छिनोफानो भएपछि मात्रै आवश्यक रणनीति बनाउने तयारीमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij