Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

 सरकारले प्रतिनिधिसभा विघटनको कारण सर्वोच्च अदालतमा आज जवाफ पेस गर्दैछ ।

 सरकारले प्रतिनिधिसभा विघटनको कारण सर्वोच्च अदालतमा आज जवाफ पेस गर्दैछ ।

  • काठमाडैं । पाँच वर्षको कार्यकाल नसकिँदै विघटन गरेको सरकारले त्यसको संवैधानिक आधार र औचित्य पुष्टि गर्न आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्न लागेको हो ।राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले जवाफ तयार पारेका छन् । आजै दिउँसोसम्म सर्वोच्च अदालतमा लिखित जवाफ दर्ता हुने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमाथि संवैधानिक इजलासमा पुस २२ गतेबाट निरन्तर सुनुवाइ हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सदस्य छन् ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij