
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । टर्कीमा भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् । नेपाल सरकार र नेपाली जनताको तर्फबाट प्रधानमन्त्री प्रचण्डले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान ४:१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । सिरियाली स्वास्थ्य मन्त्रालयले भूकम्पमा परी करिब २३० जनाले ज्यान गुमाएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij