Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

  • काठमाडौँ । जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगु घर भई हाल पलाँसे बस्ने २१ वर्षीय भक्त नेपाली र हुम्ला घर भई हाल सुर्यविनायक बस्ने १९ वर्षीय गगन परियार रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले जानकारी दिए ।

    images
    images
    images

    बुधबार साँझ उनीहरुले सुर्यविनायक नगरपालिका-९ नंखेलस्थित लाकुरी भन्ज्याङ बन्देश्वरी जंगलमा १५ वर्षीय बालिका र २० वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

    नेपालीले मुगु घर भई हाल थानकोट बस्ने १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ भने परियारले डेकोचा बस्ने २० वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ । घटनासम्बन्धि थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij