
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्याल र यूरोपेली यूनियन (इयू) का मानव अधिकार प्रतिनिधि इमन गिल्मोरबीच मंगलबार बेल्जियममा भेटवार्ता भएको छ ।
बेल्जियमस्थित नेपाली दूतावासले परराष्ट्र सचिव पौड्याल र गिल्मोरबीच मानव अधिकार संरक्षण र प्रवर्द्धनका विभिन्न पक्षमा विचार आदान–प्रदान भएको जनाएको छ । भेटवार्ताका सम्बन्धमा ट्वीट गर्दै सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको गिल्मोरले उल्लेख गरेका छन् ।
आफूले संक्रमणकालीन न्यायसम्बन्धी प्रगतिलाई स्वागत गरेको उनले जनाएका छन् । उनले नेपाल शान्ति प्रक्रियाबाट धेरै कुरा सिक्न सकिने पनि उल्लेख गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij