Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रचण्ड-नेपाललाई प्रधानमन्त्री ओलीले दिए ‘भेट्नु कुहिएर झरेका फल’को संज्ञा

प्रचण्ड-नेपाललाई प्रधानमन्त्री ओलीले दिए ‘भेट्नु कुहिएर झरेका फल’को संज्ञा

  • काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (ओली समूह) का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई भेट्नो कुहिएर झरेको फल भएको बताएका छन् ।

    images
    images
    images

    शनिवार काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले नेकपा विभाजनपछि छुटेको समूहलाई यस्तो आरोप लगाएका हुन् ।

    सम्बोधनका क्रममा उनले एकताको तीन वर्षमै पार्टी हल न चल भएको बताउँदै दुईटा नटबोल्ट फेर्दा गाडी अगाडि दौडिएको पनि बताए ।

    ‘समस्या कहाँ रहेछ ? खिया लागेको कहाँ रहेछ ? दुई वटा नटबोल्ट फेर्दा गाडी अगाडि कुद्यो,’ उनले व्यंग्य गर्दै भने ।

    उनले प्रचण्ड र नेपाललाई खिया लागेको नटबोल्टको संज्ञा दिँदै आफै फुक्लिएर गएको बताए । उनले अगाडि भने, ‘खिया लागेको दुईटा नटबोल्ट खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि बढ्यो ।’

    साथै, उनले निर्वाचन आयोगमा पार्टी आफ्नो हो भन्दै निवेदन दिन जरुरी नभएको बताए । ‘हामीले बनाएको पार्टी हो, हामी निवेदन हाल्न जान जरुरी छैन, भेट्नो कुहिएर झरेका फलहरुले रुख मै हुँ भनेर दाबी गर्ने ?,’ उनले भने ।

    उनले ओली–प्रचण्डको आन्दोलनले केही नहुने पनि बताए । उनले रत्नपार्कमा सीसीमा औषधि बेच्ने मान्छेले पनि अलिअलि मान्छे गर्ने भन्दै यो आन्दोलनले केही नहुने बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चुनाव चिन्हमा कसैले दावी गर्न नमिल्ने बताएका छन् । राजधानीमा आफूपक्षीय भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो ।’

    उनले प्रचण्ड र माधव नेपाललाई फोहोरको संज्ञा दिँदै फोहोरलाई नदीको छालले किनारमा फ्यालेको टिप्पणी गरे ।

    केही समयदेखि नेकपाभित्र आन्तरिक विवाद चरम उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका थिए । संसद विघटन भएपछि दुई समूहमा विभाजन आएको थियो । त्यसपछि दुई पक्षले नै एकअर्कालाई आरोप प्रत्यारोप लगाउँदै आएका छन् । प्रचण्ड–नेपाल पक्षले भने संसद विघटनलाई असंवैधानिक भन्दै आन्दोलन कार्यक्रम घोषणा गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij