
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । धादिङको गल्छी गाउँपालिका-८ बाट ३४ किलो पाँच सयग्राम चरेशसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ किरानचोकका ३२ वर्षीय वीरबहादुर तामाङ रहेका छन् । तामाङलाई आज बिहान पृथ्वीराजमार्गको सुत्केरीढुङ्गा भन्ने ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार कोटेश्वरबाट आएको प्रहरी टोलीले उक्त परिमाणमा चरेससहित उनलाई नियन्त्रणमा लिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij