Jun 04 2026 | २०८३, जेठ २१ गते
जापानमा जनवरी तेस्रो साता नबित्दै पाँच जनाको निधन भएको छ। २०२३ को पहिलो महिनाको तेश्रो साताभित्रै पाँच जना नेपालीको मृत्यु भएको हो।
जापानको फुकुओकामा एक नेपाली युवाको असामयिक निधन भएको छ। मृत्यु हुनेमा गुल्मी घर भई हाल जापान बस्दै आएका २० वर्षीय युवकको निधन भएको हो। तीन वर्षअघि जापानमा आएका उनी १७ जनवरीबाट सम्पर्कविहिन भएका थिए। उनी आइतबार मृत फेला परेका थिए। उनले आत्महत्या गरेको उनका साथीहरूले जनाएका छन् । उनले के कारणले यस्तो अप्रिय निर्णय गरे भन्नेबारे कुनै कारण खुलेको छैन।
जनवरी २०२३ को पहिलो दिन नै एक नेपाली युवाको टोकियोमा मृत्यु भएको थियो। त्यसपछि जनवरी १५ तारिख, गिफुमा उपचार गराइरहेका अर्का एक नेपालीको उपचारकै क्रममा निधन भएको थियो। त्यस्तै टोकियो बस्दै आएका रुपन्देहीका अर्का एक युवाको पनि मृत्यु भएको थियो। त्यसपछि २१ तारिख शनिबार कावासाकीमा अर्का नेपालीको पनि उपचारकै क्रममा निधन भएको जनाइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij