Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सर्वोच्च अदालतले संसद् विघटनको पक्षमा फैसला दिनेमा विश्वस्त

सर्वोच्च अदालतले संसद् विघटनको पक्षमा फैसला दिनेमा विश्वस्त

  • काठमाडौँ ।  नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको काठमाडौं कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले भने, पदलोलुप र सत्तालोलुप प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा विभाजन आएको हो । पछिल्लो पटक आएको विभाजन को प्रधानमन्त्री, को राष्ट्रपति, को अध्यक्ष, को मन्त्री, को राजदूत हुने भन्ने कुराले आएको हो । यो कुनै राजनीतिक विचारधारा बहसबाट भएको विभाजन होइन ।

    images
    images
    images

    पार्टीबाट एक गुट अलग भएको भन्दै थापाले संसद् विघटन गर्नुको कारक पनि सोही गुट भएको आरोप लगाए । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजेपछि ुसाहसिक कदम चाल्दै संसद् विघटनु गरिएको थापाको भनाइ थियो ।संसद् विघटन गर्नु पार्टी नेतृत्वको सही मार्गचित्र भएको पनि थापाको भनाइ थियो । ओली सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको थियो । त्यसपछि नेकपा विभाजन भएको छ । यसले कानुनी मान्यता पाउन भने बाँकी रहेको छ । दुवै पक्षले आफू वास्तविक नेकपा भन्दै दाबी गर्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij