
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति बागमती प्रदेश र मधेश प्रदेश लगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
सोमबार भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij