
Apr 22 2025 | २०८२, वैशाख ९ गते
युक्रेनको राजधानी कीभमा एक हेलिकप्टर दुर्घटना भएको छ । सिएनएनका अनुसार हेलिकप्टर दुर्घटनापछि कम्तिमा १६ जनाको मृत्यु भएको छ ।
युक्रेनी प्रहरीका अनुसार हेलिकप्टर एक किन्डरगार्टेन र घरायसी क्षेत्रमा खसेको बताएको छ । मृत्यु हुनेमा विमानमा रहेका ९ जना समेत रहेका छन् । त्यस्तै मृत्यु हुनेमा दुई बालबालिका समेत रहेको प्रहरीले जनाएको छ ।
घटनामा १० बालबालिकासहित २२ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij