
Apr 18 2025 | २०८२, वैशाख ५ गते
सरकार विरोधी प्रदर्शनमा पेरुमा कम्तिमा १७ जनाको ज्यान गएको छ । दक्षिणपूर्वी पेरुको जुलियाका विमानस्थल नजिकै भएको पछिल्लो झडपमा कम्तीमा १७ जनाको मृत्यु भएको हो । पेरुका राष्ट्रपति डिना बोलुवार्टेको राजीनामा माग गर्दै उक्त विरोधी प्रदर्शन भैरहेको छ ।
तत्कालीन राष्ट्रपति पेड्रो कास्टिलोलाई हटाएर हिरासतमा राखिएसँगै त्यहाँ विरोध सुरु भएको थियो । प्रदर्शनकारीले नाकाबन्दी समेत गरेका छन् । समाचार संस्था अल जजिराका अनुसार उनीहरुको माग हिरासतमा राखिएका पूर्वराष्ट्रपति कास्टिलोको रिहाइ, राष्ट्रपति बोलुआर्टेको राजीनामा र नयाँ चुनावको लागि आह्वान रहेको छ ।
नयाँ राष्ट्रपति डिना बोलुआर्टेले सन् २०२४ मा चुनाव गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएता पनि विरोध प्रदर्शन भने कायमै छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij