
Apr 02 2025 | २०८१, चैत २० गते
ललितपुर । मुलुकभरका उद्योग वाणिज्य संघहरु मध्ये ललितपुर उद्योग वाणिज्य संघ एउटा पुरानो र सशक्त संघकारुपमा चिरपरिचित छ । संघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । दुई पक्षले नेतृत्व हासिल गर्न चुनावमा उत्रिएका छन् । संघको ४१ औ वार्षिक साधारण सभाको अवसरमा हुन लागेको निर्वाचनमा अध्यक्ष पदका लागि मनोजबहादुर न्याछ्यों र भरतलाल जोशीको नेतृत्वमा उम्मेदवारी परेको छ ।
न्याछ्योँको नेतृत्वको समूहमा वरिष्ठ उपाध्यक्ष (वरिष्ठ) मा विश्वराज बज्राचार्य, उपाध्यक्ष (उद्योग) सुसन महर्जन, उपाध्यक्ष (वाणिज्य) नारायण गोपाल श्रेष्ठको उम्मेदारी परेको छ । यस्तै, संस्थागत उपाध्यक्षमा विरेन्द्र लाल श्रेष्ठ, महासचिवमा रुपकमान महर्जन, कोषाध्यक्षमा सविनलाल प्रधान मैदानमा उत्रिएका छन् ।
उद्योग समूहबाट कार्यसमितिको सदस्यहरुमा मिलन शाक्य, रमेशसिं महर्जन, राकेशभक्त मुल्मी, रोशनलाल श्रेष्ठ, श्रीजेश लाल शिल्पकार, सुरेन्द्र अवालेको पनि दावेदारी परेको छ । त्यस्तै, वाणिज्य समूहबाट कार्यसमितिको सदस्य पदमा कृष्णप्रसाद सापकोटा, महेश श्रेष्ठ, मुकुन्द महर्जन, राजेशराज बज्राचार्य, शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य र सुरज महर्जनले उम्मेदारी दिएका छन् ।
यता जोशीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, उपाध्यक्षहरुमा उद्योग तर्फबाट अमिरराज ताम्रकार, वाणिज्य तर्फबाट उसन बज्राचार्य, संस्थागत तर्फबाट राजेन्द्रकुमार श्रेष्ठको उम्मेदवारी परेको छ । यस्तै जोशीको प्यानलबाट महासचिवमा सन्देश महर्जन र कोषाध्यक्षमा सचेन्द्रराज जोशीले उम्मेदारी दिएका छन् । उद्योग समूहको कार्यसमितिमा आपुलाल अवाले, कृष्ण श्रेष्ठ, गुणकेसरी ताम्राकार, सजना श्रेष्ठ, राजु महर्जन र सुनिल शाक्य हान्ताई मैदान उत्रिएका छन् । त्यस्तैगरि, वाणिज्य समूहको कार्यसमितिको सदस्य पदका लागि अनिल महर्जन, कृष्णप्रसाद सापकोटा, टेकरत्न बज्राचार्य, विमला शाक्य, रुपेन्द्रराज शाक्य, शम्भुप्रसाद बराही र सागर महर्जनले उम्मेदारी दिएका छन् । भूमिनन्दन कर्माचार्यले कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij