
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरूमा हुस्सु लागिरहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ भने तराईका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। राती पनि हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij