Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

ब्रेकअपपछि घरनजिकै बोलाएर पूर्वप्रेमिकालाई छुरा प्रहार

ब्रेकअपपछि घरनजिकै बोलाएर पूर्वप्रेमिकालाई छुरा प्रहार

  • काठमाडौं । ब्रेकअप भएको केही दिनपछि दिल्लीका एक पुरुषले पूर्वप्रेमिकालाई छुरा प्रहार गरेका छन् । एक २१ वर्षीया महिलालाई सोमबार उत्तर दिल्लीमा उनका पूर्वप्रेमीले शरिरका विभिन्न स्थानमा छुरा प्रहार गरेको दिल्लीका प्रहरीले जनाएका छन् । ती महिलाको राष्ट्रिय राजधानीको जगजीवन राम अस्पतालमा उपचार भइरहेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

    images
    images
    images

    दिल्ली विश्वविद्यालयकी छात्रा समेत रहेकी पूर्वप्रेमिकले झगडा गरेर बोलचाल बन्द गरेपछि २२ वर्षीय सुखविन्दर आक्रोशित भएका थिए । उनीहरु पाँच वर्षदेखि सम्बन्धमा थिए ।

    उनले ती महिलालाई सोमबार दिउँसो दिल्लीको आदर्श नगरमा उनको घर नजिक बोलाएर धेरै स्थानमा छुरा प्रहार गरेको अधिकारीहरूले बताए । उक्त घटना सीसीटीभी क्यामेरामा कैद भएको थियो । 

    भिडियोमा ती जोडी आवासीय क्षेत्रको लेनमा हिँडिरहेको र एकअर्कासँग कुरा गरिरहेको देखाइएको छ । छोटो कुराकानीपछि, सुखविन्दरले युवतीलाई धेरै पटक छुरा प्रहार गरेको देखिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij