
Apr 17 2025 | २०८२, वैशाख ४ गते
भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा घाइते भएका छन् । शुक्रबार बिहान उत्तराखण्डबाट दिल्ली जानेक्रममा पन्तको देहराधुनमा कार दुर्घटना भएको हो । आफैले चलाएको कार दुर्घटनामा उनी परेका हुन् ।
दुर्घटनामा परी पन्तको टाउ, खुट्टा र पछाडि ढाडमा चोट लागेको छ । तर भारती सञ्चारमाध्यमले पन्त खतराबाट भने मुक्त रहेको जनाएका छन् । अहिले उनको देहरादुनको म्याक्स अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij