
Apr 02 2025 | २०८१, चैत २० गते
स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
प्रतितोला रु ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा रु ९३ हजार ६०० मा कारोेवार भएको थियो । चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा रु एक हजार ३०० मा कारोवार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij