
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ब्राजिलका महान फुटबलर पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन बढेको जनाएको छ । ८२ वर्षीय पेलेको ‘मृगौला र मुटुको समस्यासँग सम्बन्धित थप हेरचाह आवश्यक’ रहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले भनेको छ ।
उनको हाल सामान्य वार्डमा उपचार भइरहेको छ । उनको केमोथेरापी उपचारको पुनः मूल्याङ्कन गर्न पेलेलाई नोभेम्बर २९ मा साओ पाउलोको अस्पतालमा भर्ना गरिएको थियो ।
२१ सेप्टेम्बरमा कोलोन ट्युमर हटाउन शल्यक्रिया गरे देखि ८२ वर्षीय पेलेको केमोथेरापी भइरहेको छ । उनलाई श्वासप्रश्वासको संक्रमण भएको समेत उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij