Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दुई सवारीसाधन आपसमा ठोक्किँदा एकको मृत्यु

दुई सवारीसाधन आपसमा ठोक्किँदा एकको मृत्यु

  • काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मा दुई सवारीसाधन आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय धादिङले मंगलबार भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २६४४ नम्बरको बस र काठमाडौंबाट लमजुङको बेँसीसहरतर्फ जाँदै गरेको बा२ख ४७६२ नम्बरको माइक्रोबस ठोक्किएको जनाएको छ । मृत्यु हुनेमा माइक्रोमा सवार लमजुङको दोर्दी गाउँपालिका–९, धरैनीटोल स्याउलाकी विमला सुनार रहेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

    घाइते भएकाहरूको काठमाडौंस्थित ट्रमा सेन्टर, मेडिसिटी र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको खत्रीले जनाएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij