
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडाैं । फिफा विश्व कप फुटबलको उपाधि जितेको खुसियाली मनाउन अर्जेन्टिना सरकारले आज सार्वजनिक बिदा दिएको छ । कतारको लुसेन मैदानमा आइतवार राति भएको फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली आज स्वदेश पुग्दैछ ।
राजधानी ब्युनर्स आयर्समा भव्य स्वागत कार्यक्रम राखिएको छ । यो कार्यक्रममा समर्थकलाई उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
अर्जेन्टिनाले यसपालिसहित तेस्रो पटक विश्व कपको उपाधि जितेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij