
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा सभापति रवि लामिछानेलाई चयन गरेको छ । संसदीय दलको आज बसेको बैठकले प्रारम्भिक निर्वाचनमा लामिछाने निर्विरोध निर्वाचित भएको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
प्रारम्भिक चुनावकै आधारमा दलको नेता चयन गर्न केन्द्रीय समिति बैठकले निर्देशन दिएको थियाे । साेही अनुसार सभापति लामिछानेलाई संसदीय दलकाे नेतामा चयन गरिएकाे हाे । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij