Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

७ जना जुवाडे पक्राउ

७ जना जुवाडे पक्राउ

  • काठमाडाैं । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । दधिकोटको खड्का गाउँ स्थित ३७ वर्षीय उमेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    images
    images
    images

    जुवातास खेलिरहेको सुराकको आधारमा प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले ५९ हजार ८ सय रूपैयाँ नगद र  ६१ पत्ती तास बरामद गरेको छ ।

    घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij