
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट तीन लाख ५० हजार रुपैयाँ राजश्व उठाएको छ । गएको मङ्सिर महिनामा नियम उल्लङ्घन गर्ने चार सय ५६ जनाबाट तीन लाख ४७ हजार उठाएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिएका छन् ।
पनेरुका अनुसार सबैभन्दा धेरै सिल्टबेल्ट नबाँधेको र हेलमेट नलगाएका चार सय ५६ जना चालक कारबाहीमा परेका छन् । सो अनुगमनमा प्रदूषण स्टिकर नभएको, लाइसेन्स तथा ब्लुबुक नबोकेको, गाडी मोडिफाइड गरेको आदि कसुरमा चालक कारबाहीमा परेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij