
Apr 19 2025 | २०८२, वैशाख ६ गते
जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका भोजपुरका ४२ वर्षीय दिवस राई रहेका छन् ।
करिब १३ बर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका रार्ई आफ्नै कोठामा मृत भेटिएका थिए । पारिवारीक स्रोतका अनुसार शनिबार राति श्रीमती कामबाट घर फर्कदा उनी मृत भेटिएपछि प्रहरीलाई खबर गरी जिम्मा लगाइएको थियो ।
पोस्टमार्टम पछि मात्र राईको मृत्युको कारण थाहा हुने प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij