Logo

Aug 18 2025 | २०८२, भदौ २ गते

Aug 18 2025 | २०८२, भदौ २ गते

अध्यादेश विरुद्ध विद्यार्थी संगठन अनेरास्ववियुको प्रदर्शन

अध्यादेश विरुद्ध विद्यार्थी संगठन अनेरास्ववियुको प्रदर्शन

  • काठमाडौँ । सरकारले ल्याएको अध्यादेशविरुद्ध एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाण्डौमा विरोध प्रदर्शन गरेको छ ।

    images
    images
    images

    फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी, मोहमद आलमलगायतलाई उन्मुक्ति दिन सरकारले अध्यादेश ल्याउन लागेको भन्दै आज बिहान त्रिचन्द्र कलेज अगाडि प्रदर्शनकारीहरुले प्लेकार्डसहित नाराबाजी गरेका छन् । अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा समेत मागेको छ ।

    images

    विभिन्न मुद्दामा कसुर ठहर भई सजाय भोगिरहेका कैदीबन्दीलाई छुट दिन अध्यादेशमार्फत फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न लागिएको भन्दै सो प्रदर्शन भएको हो । मन्त्रिपरिषद्ले आइतबार विभिन्न कसुरमा जेलमा रहेका कैदीबन्दीलाई रिहाइ गर्न अध्यादेश ल्याउने निर्णय गरेको जनाइएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij