Aug 18 2025 | २०८२, भदौ २ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवनको प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित लामिछानले रु ११ लाख ८१ हजार चार सय ७२ को खर्च विवरण आज बुझाएका हुन् । मतदाता नामावली खरिद, सवारीसाधन, सवारी इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा सांसद लामिछानेले खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij