Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ग्वार्कोमा ‘फ्लाइओभर’ सडकको निर्माण शुरु,ट्राफिक व्यवस्थापनको तयारी

ग्वार्कोमा ‘फ्लाइओभर’ सडकको निर्माण शुरु,ट्राफिक व्यवस्थापनको तयारी

  • काठमाडौँ । शुक्रबारदेखि ग्वार्कोमा ‘फ्लाइओभर’ सडकको निर्माण शुरु हुने भएको छ।

    onlinepatrika
    Arghakhachi

    ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने गरी आरसी, समानान्तर र रेलिग्रे कम्पनीले ठेक्का पाएको सडक विभागले जनाएको छ । 

    AGNI GROUP

    सो निर्माण कार्यको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक जाम व्यवस्थापनका लागि सूचना जारी गरेको छ। निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट बल्खुसम्म सर्भिस लेनमा व्यवस्थापन गरिएको छ।

    त्यसैगरी निजी चारपाङ्ग्रे सवारीसाधनलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने तथा बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ जाने यात्रुवाहक, मालवाहक र दुई पाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट बालकुमारी पुलसम्म सर्भिस लेनमा ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट