काठमाडौं । पुस १ गतेपछि प्रदूषण जाँचपास नभएका सवारी साधन सञ्चालन गरे सरकारले १ लाख रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ ।
आज एक सूचना जारी गर्दै वातावरण विभागले पुस १ गतेपछि गरिने जाँचमा पास नभए ती सवारी साधनलाई वातावरण संरक्षण ऐन अनुसार कारबाही र जरिवाना गर्ने चेतावनी दिएको छ ।
वातावण प्रदुषणको मूख्य कारक तत्व सवारी साधनबाट निस्केको धुँवा रहेको वातावरण विभागले जनाएको छ । साथै खुला रुपमा फोहोर जलाउँदा पनि प्रदूषण बढेको विभागले बताएको छ ।