
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचीमा सिफारिस भएका ८ ठेकेदार कम्पनीहरूले अटेरी गरेका छन्।कार्यालयका अनुसार कालो सुचीमा राख्न नपर्ने आधारहरु ३० दिनभित्र पेश गर्न निर्देशन दिइएतापनि ती कम्पनीले कुनै प्रतिक्रिया जनाएका छैनन् । कार्यालयले थप सात दिनभित्र जवाफ पठाउन उनीहरुलाई अन्तिम मौका दिएको छ ।
गुण निर्माण सेवा नामको ठेकेदार कम्पनीलाई सुदूरपश्चिम विश्वविद्यालय मातहतको दुर्गालक्ष्मी क्याम्पसले कालोसूचीमा राख्न सिफारिस गरेको थियो। त्यसैगरी सुर्खेत सडक डिभिजनले सिरुवा/कविर/सुनकोशी जेभीलाई सिफारिस गरेको छ।
त्यसका साथै पर्साको जगरनाथपुर गाउँपालिकाले मुस्कान सप्लायर्स, भरतपुर महानगरपालिकाले अनुष्ठान कन्स्ट्रयाक्सन, पोखराको सडक डिभिजनले सिरुवा कन्स्ट्रक्सन, वीरगञ्ज महानगरपालिकाले दिल्ली ट्रेडिङ र खैरहनी नगरपालिकाले जयगढी माई निर्माणलाई कालोसूचीमा सिफारिस गरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij