Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

रवि लामिछानेको साधारण सदस्यता खारेज गर्न सफलको आयोगमा निवेदन

रवि लामिछानेको साधारण सदस्यता खारेज गर्न सफलको आयोगमा निवेदन

  • काठमाडौँ । समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको साधारण सदस्यता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

    images
    images
    images

    कुनै पनि व्यक्तिले राजनीतिक दल खोल्न र सो दलको साधारण सदस्य हुन, अध्यक्ष वा सभापति हुन समेत नसक्ने कानूनी व्यवस्था विपरित लामिछानेको नेतृत्वमा रास्वपा दर्ता भएको उल्लेख गर्दै सफलले सोमबार आयोगमा निवेदन दिएका हुन् । नेपाली नागरिकता नै नभएका रवि लामिछाने सो दलको सभापतिका साथै उक्त दलको साधारण सदस्यसमेत हुन नमिल्ने सफलले बताएका छन् ।

    सोही कारण खुलाई सफलले लामिछानेको सभापति र साधारण सदस्यता बदर गर्न वा गराउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्देशन दिन निर्वाचन आयोग समक्ष निवेदन पेश गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij