
Apr 22 2025 | २०८२, वैशाख ९ गते
अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अस्ट्रेलियालाई २–१ ले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक/एक गोल गरे । अस्ट्रेलियाले एक गोल आत्मघाती उपहार पायो । खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए ।
विश्वकप नकआउट चरणमा उनको यो पहिलो गोल हो । खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई दोब्बर अग्रता दिलाए । खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरे पनि अर्जेन्टिनाले २–१ को जित हात पार्यो ।
अर्जेन्टिनाले अब क्वार्टरफाइनलमा नेदरल्याण्ड्सको सामना गर्नेछ । नेदरल्याण्ड्स अमेरिकालाई ३–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij