
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा बिहीबार रातिदेखि अनिश्चितकालिन कर्फ्यू लगाएको छ । ग्रेडरले च्यापिएर स्थानीय पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ पढ्ने विद्यार्थी चेतना साउदको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रण गर्न बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका कर्फ्यू लगाइएको हो ।
बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ तारानगरकी चेतनालाई हसनपुर पिपलचौतारा नजिक पानी पिच गरिरहेको कालिका कन्स्ट्रक्सनको ग्रेडरले ब्याक गर्ने क्रममा कुल्चिएको थियो । ग्रेडरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij