Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विश्वकप फुटबल:आज चार खेल हुँदै

विश्वकप फुटबल:आज चार खेल हुँदै

  • विश्वकप फुटबलमा आज आज चार खेल हुँदैछन् । शुक्रबार समूह ‘एच’ र समूह ‘जी’का दुई–दुई खेल हुन लागेका हुन् ।

    images
    images
    images

    पहिलो खेल समूह ‘एच’अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वे खेल्नेछन् । यी खेल नेपाली समय अनुसार शुक्रबार साँझ ८:४५ बजे सुरु हुनेछन् ।

    यो समूहबाट पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ । अन्य तीन टोलीको पनि नकआउट पुग्ने सम्भावना उत्तिकै रहेको छ ।

    यस्तै, दोस्रो खेल अन्तर्गत समूह ‘जी’बाट सर्बिया र स्वीट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिल खेल्नेछन् । यो खेला राति १२:४५ बजे सुरु हुँदैछन् ।

    यो समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । अरु तीन टोलीको नकआउट चरणमा पुग्ने सम्भावनाकायमै राखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij