Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

२५ वटा मुकुटहरु चोरी

२५ वटा मुकुटहरु चोरी

  • ललितपुर । ललितपुरको लेलेस्थित बालकुमारी जलकुमारी मन्दिरबाट तेत्तिस कोटी देवताको मुकुटहरु चोरी भएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउका प्रहरीका अनुसार बुधबार रातको १ बजेतिर २५ वटा मुकुटहरु चोरी भएको हो ।

    images
    images
    images

    भगवानहरुको आकृती भएको मुकुटहरु तामाका थिए । ललितपुर प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक सुधिरराज शाहीका अनुसार चोरी गरिरहेको अवस्थाको सिसिटिभि फुटेज पनि फेला परेको छ । उनले भने, ‘अनुहार प्रष्ट देखिन्छ । दुई जना माथि शंका छ । अनुसन्धान भइरहेको छ ।’

    उनका अनुसार मुकुटहरु २ सयदेखि ३ सय ग्राम तौल रहेको छ भने लम्बाई र चौडाई ५ इन्च रहेको छ ।  

    गोदावरी नगरपालिका ५ का वडाध्यक्ष मिलन सिलवालले  तेत्तिस कोटी देवताको मुकुटहरु मध्ये २५ वटा मुकुटहरु चोरी भएको अनलाइन पत्रिकालाई बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij